Documentaries

जंगलमा क्रिकेटर (The Jungle Cricketers)

 

 

यहाँ धेरै खेलाडी जन्मिए,जन्मिएका पनि होलान पनि तर कतिपय प्रतिभा त्यास्ता हुन्छ्न जो उचित अवसर र प्रोत्साहन नपाउनाले बिलाउन बाध्य हुन्छन। ‘जंगलमा क्रिकेटर’ यस्तै अवसर र प्रोत्साहन नपाउनेहरूको गाथा हो जुन फ्रइयन आर्ट्सद्वारा वृत्तचित्रको रूपमा प्रस्तुत गरिएको छ ।

जसले संघर्ष गर्न सक्छ उसैले आफ्नो अस्तित्व कायम गर्न सक्छ अन्यथा लोप हुन्छ भन्ने सर्वाविदित नियम छदै छ।

यहि सिद्धान्त भण्डारखाल जंगल बीचमा आफ्नो उद्धेश्य पुरा गर्न कठिन संघर्ष गरिरहेका युवाहरूको जीवनमा लागु हुन्छ जो क्रिकेटको दूनियाबाट लोप हुने होइन कि अस्तित्व कायम गरी नेपाली क्रिकेट दूनियामा गर्जन चाहन्छन् ।

 

 

भर्खरै उच्च शिक्षा हासिल गर्न अग्रसर यी किशोर खेलाडीहरुको जोस,उर्जा अनि खेल कौसल यस्तो छ कि जो कोहि पहिलो भेटमै प्रभावित हुन सक्छ।

समस्या छ,चुनौती छ तर पनि आफ्नो लक्ष्य त छोड्ने कुरा आउंदैन। एक न एक दिन कसैको नजरमा कसो नपरिएला यस्तै आत्मविश्वास र आशातित सोचका साथ अघि बढिरहेछन यिनिहरु।

भन्छ्न प्रत्येक गल्लीमा यस्तै संघर्ष भेटिन्छ। संघर्ष नै जिवन हो त्यसैली आशा मार्नुहुन्न ।

यिनको गाथा साँच्चै प्रेरणादायी छ । यिनले जीवनबाट थुप्रै पाठ सिकिसकेका छन् । यिनको जिम्मा लिनु पर्नेहरूले चाहीँ यिनीहरू बाट पाठ सिक्न सक्छन् कि सक्दैनन् त्यो भने हेर्ने लायक छ ।